सन २०१० को सेप्टेम्बर १५ मा संसारभर रहेका धरानेहरुलाई एक आपसमा जोडी धरानको बारेमा सकारात्मक समाचार धरानेहरु माझ बाड्न फेसबुकमा ...connecting Dharane around the world... भन्दै We Dharane पेजको शुरुवात गरिएको थियो | यस पेजमा जोडिएका धरानमा रहेका वा धरान बाहिर रहेका धरानेहरुलाई धरान सम्बन्धी सम्पूर्ण जानकारी सहज रुपमा प्राप्त होस | धरानलाई माया गर्ने वा धरान बारेमा बुझ्न थप सजिलो होस र सम्पुर्ण आधिकारिक जानकारी सहज रुपमा प्राप्त होस भनी यसलाई थप परिष्कृत रुपमा लैजान www.wedharane.com.np स्थापना गरी संचालन गरिएको हो |
शुरुवाती चरणमा धरानको इतिहास, यहाँ रहेका मठ-मन्दिर, मस्जिद गुम्बा, चर्च जस्ता धार्मिक स्थानहरु, यहाँ रहेका आकर्षक पार्कहरु, यहाँ हुने विभिन्न खेलकुदका गतिबिधी, हाम्रा चौक र त्यसका नामाकरणका किस्सा, यहाँ रहेका कार्यालय त्यसमा उपलब्ध सेवा र सम्पर्क सेतु, बिधालय तथा कलेजहरु र उपलब्ध शैक्षिक कार्यक्रम, स्वास्थ्य संघ संस्थाका जानकारी उपलब्ध गराउने प्रयास गरेका छौ |
यस वेबसाइटमा धरानसँग सम्बन्धित कुनै पनि प्रकारका सुचनाहरु सुचानापाटीमा उपलब्ध गराउन सकिन्छ | साथै धरानमा आयोजना हुने कुनै पनि प्रकारका सांगीतिक कार्यक्रम, राजनैतिक तथा धार्मिक सभा सम्मेलन, खेलकुदका गतिबिधीहरुको जानकारी पाउन सक्नु हुनेछ | आफुले हराएका तथा भेटाएका सामाग्रीहरु बारेमा पनि जानकारी गराउन सकिन्छ जसले गर्दा हराएका तथा भेटिएका सामानहरु सम्बन्धित व्यक्ति समक्ष सहज रुपमा पुर्याउन सकियोस | धरानमा उपलब्ध रहेका विभिन्न रोजगारका अवसरलाई पनि यस वेबसाइट मार्फत रोजगारका खोजीमा रहेका युवा समक्ष पुर्याउने सुविधा पनि उपलब्ध गराइएको छ |
यहाँ उपलब्ध जानकारीहरु तपाईहरुकै इच्छा आवश्यकतासँगै परिमार्जन गर्दै, सच्याउदै, सुधार गर्दै तपाईहरु माझ नै पस्कन चाहन्छौ | तपाईलाई आवश्यक पर्ने कुनै पनि प्रकारका जानकारी यस वेबसाइटमा उपलब्ध होस र यस्ले तपाईको दैनिक जीवनमा सहजता ल्याओस भन्ने हाम्रो चाहना हो |
तपाईहरुको सल्लाह सुझावलाई हामी सधै स्वागत गर्नेछौ | तपाईको अमुल्य सल्लाह सुझाव suggestions@wedharane.com.np मा पठाइदिनु होला |
धन्यवाद
जय धरान