
भानु पार्क
बजारमा किनमेल गर्दा थाकेर सुस्ताउन पर्दा वा भानुचौकमा कसैलाई पर्खन पर्दा भानु पार्क एउटा उपयुक्त स्थान हुन सक्तछ | घण्टाघरको माथ्लो पट्टि निकेतन गल्ली छिर्नु अघिको बाटोमा यो पार्क रहेको छ | सानो चिटिक्क रहेको यो पार्कमा धरानका पुराना तस्वीरहरु साथै धरान वरपरका मठ-मन्दिरहरुका तस्वीरहरुको अवलोकन गर्न सकिन्छ | यस पार्कमा सेल्फी स्ट्यान्ड पनि राखिएको छ जहाँ धरानको स्मृतिको लागी आफ्नो तस्विर लिन सकिन्छ | यहाँ ३ बटा चौतारीहरु रहेका छन | जहाँ एक साथ ५० जना मानिसहरुले बिश्राम गर्न सक्तछन |





