दोभान पार्क

धरान-३ माछा भौडीमा रहेको यो पार्क धरानको एक आधुनिक पार्क हो | पहिले बर्षातको पानी बग्ने भौडीमाथी आकर्षक रुपले पार्कको डिजाइन गरिएको छ | यस पार्कमा सानातिना कार्यक्रम गर्न १५०  देखी २०० क्षमताको  डबली तथा आराम गर्न आकर्षक चौतारीहरुको  व्यवस्था गरिएको छ | डबली क्षेत्रमा रहेको बृहत रुद्राक्ष स्वरूप र पार्कको बिचमा रहेको वाटर फ़ाउण्टेन पनि यो पार्कको आकर्षण हो | पार्कको चौतारीहरुमा  मोबाइल चार्जिंग स्टेसनको पनि व्यवस्था गरिएकोले पार्कमा एक-आपसमा गफिदै आफ्नो मोबाइल पनि चार्ज गर्न सकिन्छ | पार्क परिसरमा बिभिन्न बोट बिरुवाहरु रहेको हुनाले बिहानीमा चराहरुको चिरिबिरिका साथ यहाँ रमाउन सकिन्छ | 

पार्कको तल्लो भागमा वाल-वालिकाको लागी क्रिडास्थलको निर्माण गरिएको छ | यहाँ चिप्लेटी, पिंग, चाकाली-चुकली  उपलब्ध छन जस्मा वाल-वालिकाहरु खुलेर रमाउन सक्तछन | 

पार्क वाहिर बाइक, सुक्टीको लागी पार्किंगको सुविधा पनि रहेको हुनाले आफ्नो वाल-वच्चालाई पार्कमा घुम्नको लागी ल्याउन सकिन्छ | यस पार्क वरिपरी पनि आराम गर्नको लागी आकर्षक चौतारीहरु रहेका छन |   

यो पार्क धरान उपमहानगरपालिका र वडा कार्यालयको नेतृत्व तथा स्थानीयवासीहरुको आर्थिक साझेदारीमा निर्माण भएकोले सर्वसाधारणहरु निशुल्क रुपमा पार्कमा प्रवेश गर्न सक्तछन |  

×