.jpeg)
बिष्णु पादुका मन्दिर (Bishnu Paduka Temple)
धरानको उत्तर पश्चिममा रहेको बिष्णु पादुका मन्दिर कोकाहा नदीको किनारमा रहेको छ | पितृ श्राद्धको लागी प्रख्यात यस मन्दिरमा पौष औसी तथा सोह्र श्राद्धमा भक्तजनहरुको घुइचो हुने गर्दछ | मोटर बाटोको सुविधा पुगेको यस मन्दिरमा अन्य समयमा पनि पितृ श्राद्धको लागी भक्तजनहरु पुग्नें गर्दछन | पौराणिक मान्यता अनुसार बिष्णु भगवानले आफ्नो पितृको श्राद्ध गरी मोक्ष प्राप्ती गरेकोले यस स्थानको उच्च महत्व रहेको छ | यहाँ भगवान बिष्णुको धोती सुकाएको तथा जनै राखेको शिला अवशेस देख्न पाइन्छ | साथै यहाँ मन्दिर वरपर गज शिला, मीन शिला, गैडा शिला, मीन शिलाहरु देख्न पाइन्छ |
मन्दिरको इतिहासलाई खोतल्दा १९७० सालमा स्थानीय लक्ष्मण तामांग धामी भई निजको नेतृत्वमा छर-छिमेकहरू मिलेर उत्खनन गर्दा भगवान बिष्णुको पाउको निशान भएको शिला भेटिएकोले यस स्थानमा मन्दिरको स्थापना गरी नित्य पुजा शुरु गरिएको थियो | हालसम्म लक्ष्मण तामांगका सन्तानले नै मन्दिरको नित्य पुजा गरिरहेका छन |
.jpeg)
.jpeg)

