जामे मस्जिद (Jaame Mosque)

अल्पसंख्यक मुस्लिम बासिन्दा रहेको धरानमा वडा नम्बर ३ को चिनिया चौकमा प्रार्थनाको समयमा अल्लाह हु अकबरको आवाज पनि सुनिन्छ | यहा बि.स. २०१९ साल तिर नै शेराजिद्दीन निजामुद्दीनको पहलमा जामे मस्जिदको स्थापना भएको थियो | उर्दु भाषामा जामे को अर्थ 'हाम्रो' हुन्छ अर्थात 'हाम्रो सामुहिक मस्जिद' | हाल यस मस्जिदमा एकै साथ २००० जना सम्मले सामुहिक प्रार्थना गर्न सक्दछन | यहाँ दैनिक पाच पटक नवाज पाठ र हरेक शुक्रबार सामुहिक नवाज पाठ र प्रार्थना अनि मुस्लिमहरुको पवित्र महिना रमजानमा नवाज तरबिह हुने गरेको छ | बकर इद, इद अल फितर जस्ता प्रमुख इस्लामिक पर्वहरुमा धरानका सम्पूर्ण मुस्लिमहरु भेला भएर सामुहिक प्रार्थना गर्ने गर्दछन भने मस्जिद वरपर मुस्लिम परिकार सेवाई (मिठाई) अन्य इस्लाम धर्म सम्बन्धी सामग्रीको (टोपी, माला, रुमाल ई.)  बजार लाग्ने गर्दछ | मस्जिदमा बिहानीको समयमा मुस्लिम बाल-बालिकालाई कुरान (इस्लामिक धर्म ग्रन्थ) तथा उर्दु भाषा ज्ञानको निमित्त कक्षा-५ सम्म मदरसा कक्षा पनि संचालन भइरहेको हुन्छ |

Location

×