
पवित्र चर्च (Dharan Holy Church)
पवित्र चर्च धरानमा मात्र नभएर पूर्वी क्षेत्रको नै पहिलो चर्च हो | सन् १९६८ मा नै चर्चको स्थापना भएको हो | जुन बेला नेपालमा इसाई धर्म भर्खर-भर्खर मात्र शुरु हुदै थियो | यस चर्चको स्थापनाको श्रेय डी. आर. थुलुंगलाई जान्छ उनी ब्रिटिश आर्मीका एक सिपाही थिए | पूर्वी नेपालका बिभिन्न पहाडी तथा मधेसी क्षेत्रमा इसाई धर्मको प्रचार-प्रसार पर्दा तत्कालिन सरकारबाट पक्राउ परी यातना पनि पाएका थिए |
चर्चमा हरेक शनिवार संगती तथा विभिन्न समयमा ब्याप्तिज्म, बैवाहिक कार्यक्रम हुने गर्दछ | धरानमा इसाई समुदायका रोमन क्याथोलिक, प्रोटेस्टेन्ट समुदाय रहेकामा पवित्र चर्च प्रोटेस्टेन्ट चर्च हो | पवित्र चर्चकै नेतृत्वमा धरानमा पन्चकन्या चर्च (धरान-५), दशघरे चर्च (धरान-५), विजय चर्च (धरान-५), नमुना चर्च (धरान-५ ), बेतलेहेम चर्च (धरान-५), हिसप चर्च (धरान-११), सानु बगाल चर्च (धरान-११), सियोन चर्च (धरान-११), इमानुएल चर्च (धरान-१५), अनुग्रह चर्च (धरान-१५), इसाई संगती चर्च (धरान-१७), फिला डेल्फीया चर्च (धरान-१७), इलोहीम चर्च (धरान-१९) स्थापना भएको हो |






