पिण्डेश्वर मन्दिर (Pindeshwar Temple)

स्खान्दन पुराणका अनुसार देवता र राक्षसहरु मिलेर समुन्द्र मन्थनबाट निस्केको घडाका बिष पिएका नीलकण्ठ महादेव भगवानले त्यस घडामा रहेको छोक्राहरुबाट पिण्डको स्थापना गरेको र सोही पिण्डबाट नै पिण्डेश्वर मन्दिरको स्थापना भएको किम्बन्दती रहेको छ | विजयपुर डाडाको दक्षिणी क्षेत्रमा अवस्थित भगवान शिवको यस मन्दिर वरीपरी गणेश, नरसिंह, लगायत देवी देवताका मन्दिर रहेका छन | दैनिक नित्य पुजा हुने र पशुवली नचल्ने यस मन्दिरमा श्रावण महिनाभरी सोमबारका दिन पहेलो वस्त्र लगाएर बोलबममा भक्तजनले वेलपत्रको साथमा कोशी नदीबाट जल ल्याएर भगवान शिवलाई चढाउने गर्दछन | पिण्डेश्वर मन्दिर बोलबमको लागी नेपालभरमा नै एक प्रख्यात मन्दिर हो | 

पिण्डेश्वर मन्दिरको परिक्रमा चक्रमा चन्द्रशेखर, वेद व्यास, काल भैरव, उत्तरकाली, पशुपती, महेश्वर, तेत्तिसकोटी, सरस्वती, दक्षिणेश्वरको मन्दिर पनि रहेको छ |

Location

×