
दन्तकाली मन्दिर (Dantakali Temple)
भगवान शिवले आफ्नी श्रीमती सतीदेवीको देहत्याग पश्चात शोकले ग्रस्त भएर सतीदेवीको शव बोकी ब्रम्हाण्ड परिक्रमा गर्ने क्रममा दन्त बिसर्जन भएको स्थानमा दन्तकाली मन्दिर स्थापना भएको विश्वास रही आएको छ | मन्दिरको स्थापना सेन बंशी राज्यकालमा बि.सं. १७७८ भएको विश्वास गरिन्छ | यस मन्दिरमा दैनिक रुपमा नित्य पुजा संचालन हुने र नौरथाको अवधीमा निरन्तर धार्मिक अनुष्ठान हुन्छ यस अवधीमा मन्दिरकोद्वार (मुर्तीस्थल) बन्द रहने भएकोले सर्वसाधारणले दर्शन गर्न भने पाउने छैनन | श्रावण महिना, सोह्र श्राद्ध, नवरात्रीको सप्तमीसम्म, बिशेष पर्व (बुद्ध जयन्ती, शिवरात्री, कृष्ण अष्टमी, गुरु पुर्णिमा, तीज) हरेक एकादशी तथा औशीको दिन बाहेक अन्य दिन पशुबली पनि दिने प्रचलन रही आएको छ | पास्नी नगरेका बच्चाहरुलाई पनि मन्दिरभित्र देवी दर्शनको लागी उपयुक्त मानिदैन | राजा गिर्वाणयुद्ध वीर बिक्रम शाहदेवबाट लालमोहर प्राप्त भएपछी स्थानीय खनाल परिवारले मन्दिरको रेखदेख तथा दैनिक नित्य पुजा संचालन भइ आएको छ | मन्दिर संचालनको लागी संचालक समितिको स्थापना गरिएको छ | मन्दिरमा पुजा सामग्रीको रुपमा पानको पात, पान सुपारी, सिम्रिक, सोह्र सृंगार, हासको अण्डा चढाउने गरिन्छ |
नौरथाको अवधीमा शक्तीपिठको रुपमा यसमा धर्मावलम्बीहरुले दर्शन गर्ने तथा आफ्नो भाकल अनुसार हास, बोकाको बली चढाउने तथा पंचवलीमा हास, परेवा, बोका, राँगा र माछा वा भेडाको (मधेशबाट माछा र पहाडी क्षेत्रबाट भेडा) वली पुजा हुने गरेको छ | यस मन्दिरमा बलीको रुपमा कुखुराको बली स्वीकार भने गरिदैन | पशुवली दिन नचाहनेले नरिवल फुटाएर त्यसको पानी चढाउने प्रचलन पनि रही आएको छ | मन्दिरको हालको स्वरूपमा २०४५ को सालको भूकम्पमा आएको क्षती पछी निर्माण भएको हो |

.jpeg)
.jpeg)
.jpeg)
.jpeg)

.jpeg)
.jpeg)
.jpeg)
.jpeg)