बुढासुब्बा गोल्ड कप (Budhasubba Gold Cup)

पुर्वान्चलकै  सर्वाधिक चर्चित बुढासुब्बा गोल्ड कप २०५५ सालबाट धरान फुटबल क्लबले आयोजना गर्न सुरु गरेको हो | नेपालकै चर्चित डिभिजन क्लबहरु तथा छिमेकी मित्र राष्ट्रहरु समेत सहभागी रहने यस गोल्ड कप धरानको एउटा गौरवपुर्ण अन्तराष्ट्रीय आमन्त्रण फुटबल प्रतियोगिता हो | प्रतियोगिता धरान रंगशालामा बार्षिक रुपमा आयोजना हुदै आएको , रंगशाला निर्माण अवधीमा धरान-१७ एन्फा एकेडमीमा केही बर्ष आयोजना भएको थियो |

धरानका स्थानीय खेलाडी किशोर राई (झापाली)को परिकल्पनामा बुढासुब्बा गोल्डकपको स्थापना तथा आयोजना भएको हो | त्यस समयमा सिमित मात्रामा मात्र गोल्डकपको आयोजना हुने गर्दथे | त्यस बेला महेन्द्र गोल्डकप,  मुनाल गोल्डकप जस्ता प्रतियोगिता हुदै गर्दा गोल्ड कपमा धरानको  आफ्नो मौलिक पहिचान स्थापना गर्न तथा स्थानीय खेलाडीहरुमा व्यावसायिकताको विकास गर्न  यहाँको प्रमुख धार्मिक केन्द्र बुढासुब्बा  मन्दिरको नाममा यस प्रतियोगिताको आयोजना शुरु गरिएको थियो |  बुढासुब्बाको धनु, बास, समाधी, फुटबल अंकित प्रतियोगिताको ट्रफी डिजाइन दिवान कला केन्द्र पथरीका प्रेम राईले गर्नुभएको थियो भने मस्कटको डिजाइन धरानका प्रख्यात चित्रकार प्रनोद दत्तले गर्नुभएको थियोप्रतियोगिताको प्रचार प्रसारको लागी बिभिन्न चौकमा फुटबलको प्रतिमा तथा अडियो जिनंगलको पनि व्यवस्था गरिएको |  

आयोजक धरान फुटबल क्लब, झापा ११, मोरंग फुटबल क्लब, श्रमिक शहिद स्मृति क्लब, मनाङ्ग मर्स्याङदी क्लब, थ्री स्टार क्लब, एन आर  टी क्लब, फ्रेन्ड्स क्लब, जावलाखेल युथ क्लब, आर सी टी क्लब, सहारा क्लब, संकटा क्लब, झापा-११, सुदुरपश्चिम-११  विभागीय समूह महेन्द्र पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, पी एफ, बेलबारी फुटबल क्लब,  अन्तराष्ट्रिय आमन्त्रण तर्फ दुर्गापुर स्टिल भारत, सिक्किम ११, बुल्गेरिया स्पोर्ट्स क्लब, धनमुन्दी क्लब (बंगलादेश) , नाम्ची फुटबल क्लब, भुटान क्लियारिंग फुटबल क्लब, हंगकंग नेपाली महासंघ, अफ्रिकन युनाइटेड क्लब, डाफिंस ( क्यामरुन) जस्ता क्लबहरुले सहभागिता जनाएका छन |

बुढासुब्बा गोल्डकपमा देव नारायण चौधरी, अनन्त थापा, सुरज खालिंग, बिक्रम राई, सन्तोष साहुखल, बालगोपाल महर्जन, अनिल गुरुंगराजु घिसिंग, सागर थापा, बिशाल थापा जस्ता खेलाडीहरुले आफ्नो जादुयी खेलहरु प्रदर्शन गरेर सदवाहर रुपमा दर्शकहरु माझ चर्चित रहेका छन |

बुढासुब्बा गोल्ड कप प्रतियोगिताको हाल सम्मका बिजेता तथा उप-विजेताहरुको नामावाली 

संस्करण

साल

बिजेता

उप-बिजेता

सहभागी क्लब

२०५५

बुल्गेरिया स्पोर्ट्स क्लब

धरान फुटबल क्लब

 

२०५६

महेन्द्र पुलिस क्लब

धरान फुटबल क्लब

 

२०५७

धनमुन्दी क्लब

महेन्द्र पुलिस क्लब

 

२०५८

महेन्द्र पुलिस क्लब

धरान फुटबल क्लब

 

२०५९

महेन्द्र पुलिस क्लब

फ्रेन्ड्स क्लब

 

२०६०

मनाङ्ग मर्स्याङदी क्लब

महेन्द्र पुलिस क्लब

 

२०६१

थ्री स्टार क्लब

जावलाखेल युथ क्लब

 

२०६२

अफ्रिकन युनाइटेड क्लब

धरान फुटबल क्लब

 

२०६३

नबिल थ्री स्टार क्लब

अफ्रिकन युनाइटेड क्लब

 

१०

२०६४

महेन्द्र पुलिस क्लब

जावलाखेल युथ क्लब

 

११

२०६५

नबिल थ्री स्टार क्लब

त्रिभुवन आर्मी क्लब

 

१२

२०६६

आर सी टी क्लब

नेपाल पुलिस क्लब

 

१३

२०६७

मनाङ्ग मर्स्याङदी क्लब

आर सी टी क्लब

१२

१४

२०६८

थ्री स्टार क्लब

मनाङ्ग मर्स्याङदी क्लब

 

१५

२०६९

हंगकंग नेपाली महासंघ

त्रिभुवन आर्मी क्लब

 

१६

२०७०

अफ्रिकन युनाइटेड क्लब

सहारा क्लब, पोखरा

 

१७

२०७१

ए पी एफ

मनाङ्ग मर्स्याङदी क्लब

 

१८

२०७२

मनाङ्ग मर्स्याङदी क्लब

नेपाल पुलिस क्लब

 

१९

२०७३

नेपाल पुलिस क्लब

संकटा क्लब

 

२०

२०७४

थ्री स्टार क्लब

नेपाल पुलिस क्लब

२१

२०७५

डाफिंस, क्यामरुन

धरान फुटबल क्लब

२२

२०७६

मनाङ्ग मर्स्याङदी क्लब

नेपाल पुलिस क्लब

२३२०७९एभेनियर फुटबल क्लबकाकडभित्ता फुटबल क्लब

Location

×