धरान गल्फ (Dharan Gulf)
सन १९६२ मा घोपा क्याम्प ब्रिटिश सरकारले चलाउदा खेरी ब्रिटिश नागरिकहरुको शौखिन खेल रहर पुरा गर्न गल्फ कोर्षको स्थापना गरिएको थियो | घोपा क्याम्प परिसरमा रहेको यस १८ होल गल्फ कोर्ष प्राकृतिक अब्स्ट्याकलहरु रहेको हुनाले नेपालको उत्कृष्ट गल्फ कोर्षको रुपमा लिईन्छ |
कोर्षमा नियमित रुपमा एमेच्योर, प्रोफेशनल र जुनियर खेलाडीहरुले गल्फ खेलीरहेका हुन्छन | धरान गल्फ क्लबमा सदस्यता लिएर गल्फ खेल सिक्न पनि सकिन्छ | क्लबमा मासिक रु. २०००/- तिरेर सदस्यता लिन सकिन्छ, जुनियर गल्फर (१८ बर्ष मुनीका) हरुले मासिक रु. ५००/- मा नै सदस्यता पाउन सक्दछन | खेल सामाग्रीहरु क्लबबाट भाडामा लिन सकिन्छ, नियमित खेल्नको लागी भने आफैले व्यक्तिगत खेल सामग्रीको व्यवस्था गर्नुपर्ने हुन्छ | खेल सिक्नको लागी क्लबले प्रशिक्षक खेलाडी उपलब्ध गराउदछ प्रशिक्षकलाई प्रति घण्टाको दरले अलग शुल्क बुझाउनुपर्ने हुन्छ | कोर्षमा नियमित रुपमा एमेच्योर र प्रोफेशनल गल्फ प्रतियोगिता नै आयोजनाहरु भइरहेका छन | हाल नियमित रुपमा सुर्य नेपाल इष्टर्ण ओपन, खुकुरी एमेच्योर ओपन गल्फ प्रतियोगिता, प्रेसिडेन्ट कप, सबिन कपको आयोजना भई रहेको छ | यस कोर्षमा धरानकै पहिलो तथा नेपालको दोश्रो प्रोफेशनल खेलाडी रिट्ठे सापकोटा, सबिन सापकोटा (१९९८), देवराज पाख्रिन (१९९९), मणि राई (२००४), सुमन सापकोटा (२००६), शुक्र लिम्बु (२००८), सुमन राई (२००९), थाम ब. राई (२००९), शुक्र ब. राई (२०१९) , निरज तामांग (२०१९), राज कुमार चामलिंग (२०२२) सक्रिय रहेका छन | यस कोर्षले स्थानीय युवाहरुलाई व्यावसायिक खेलाडीको रुपमा पनि उभ्याउदै लागिरहेको छ |
क्याडीको रुपमा गल्फ कोर्षमा प्रवेश गरेर एमेच्योर खेलाडी हुदै नेपाल नम्बर एक प्रोफेसनल गल्फर बनेका शुक्र ब. राई नेपाल गल्फमा एउटा उदयीमान प्रतिभा हुन | शुक्र आफ्नो छोटो करियरमा हालसम्म सुर्य नेपाल इस्टर्न ओपन (२०२२), सुर्य नेपाल वेस्टर्न ओपन, सुर्य नेपाल सेन्ट्रल ओपन, पिजिटिआई प्लेयर्स च्याम्पियनसिप (२०२२), सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनशिप (२०२२) मा बिभिन्न उपाधीहरु चुमेका छन।
Tournament Photo





