धरान रन (Dharan Run)

“स्वस्थ शरीर - स्वच्छ धरान” को नारा लिएर हरेक शनिबार यलम्बर पार्कदेखी शिरिजंगा शालिक हुदै फेरी यलम्बर पार्कको गेटसम्म ठिक ३ किमी दौडने कार्यक्रमबाट शुरु भएको धरान रनले ४ फेब्रुअरी २०२३ सम्ममा 563 हप्ता पुरा गरिसकेको छ | युकेमा रहदै आएका सन्तोष राईले  युकेमा देख्नु भएको पार्क रनको सोचलाई आफ्नो जन्मस्थान धरानमा ”धरान रन”को रुपमा ल्याउनु भएको हो | हरेक शनिवारको साप्ताहिक दौड अनि बार्षिक रुपमा  १० किमी च्यारिटी रनको पनि नियमित आयोजना हुदै आएको छ |

हरेक बर्ष फागुन महिनामा पुतली बजारबाट, दुर्गा चौक, कल्याण चौक, चतरालाईन, जनपथ, जानकी चौक, जिरो पोइन्ट, पृथिवी चौक, विजयपुर, पिण्डेश्वर, गौधारा, पुरानो बजार हुदै देशी लाइन पुगेर १० किमी लामो दौड सम्पन्न हुने गर्दछ | महिला, पुरुष, भेट्रान, वाल-वालिकाको विभिन्न समुहमा दौड प्रतियोगिता हुने गर्दछ | वाल-वालिकाको लागी भने पुतली बजारदेखी दुर्गा चौकसम्मको ३ किमि दुरी कायम गरिएको छ | १० किमी नेवा च्यारिटी रनको नाममा संचालन भैरहेको यस कार्यक्रमको विभिन्न खर्च सहयोग तथा बिज्ञापनबाट जुटाईन्छ भने प्रतियोगीले सहभागिता शुल्क वापत तिरेको शूल्क समुहबाट स्थापित ”नेवा च्यारिटी कोष” जम्मा गरिदै आइएको छ | यसबाट बार्षिक रुपमा विभिन्न बिपिन्न वाल-वालिकालाई छात्रवृति तथा शैक्षिक सामग्री उपलब्ध गराउदै आएको छ | 

धरान रन नेपालकै सर्वाधिक धावक-धाविका सहभागी हुने दौड प्रतियोगिता हो | यस्को  ८ औ संस्करणमा  ५,२०२ जना धावक-धाविकाको सहभागीता रहेको थियो | सदैव उच्च संख्यामा सहभागिता रहने यस नियमित प्रतियोगितामा कोरोना संक्रमण रहेको बर्ष २०२१ मा भने सावधानी अपनाउदै सिमित धावक-धाविका बीच प्रतियोगिता आयोजना गरिएको थियो | जस्ले गर्दा त्यस बर्ष २०२ जनाले सहभागीता जनाउन पाएका थिए | 

यस प्रतियोगितामा  ५ बर्षका बालकदेखी ७६ बर्षका प्रौढसम्मको पनि सहभागिता रहदै आएको छ | च्यारिटी रन पहिलो देखी छैठौ संस्करणसम्म ८ किमी दौड गराइएको थियो | दौडको सातौ संस्करण देखी भने  १० किमीको दुरी कायम गरिएको छ | हालसम्म प्रतियोगिताको १० औ संस्करणमा दुर्गा ब. बुडाले ३१:०३ मिनेट मा दौड पुरा गरेर १० किमीमा  छिटो दौडने रेकर्ड आफ्नो नाममा कायम राखेका छन | साथै महिला तर्फ पनि पुष्पा भण्डारीले ३५:२६ मिनेटमा १० किमी दुरी दौडेर महिला समुहमा आफ्नो नामको रेकर्ड कायम राखेकी छिन | प्रतियोगितामा धरानका निबर्तमान मेयर तिलक राईले नियमित रुपमा सहभागिता जनाई रहनु भएको छ | उहाले तेस्रो धरान रन (२०१५) भेट्रान तर्फको पहिलो  उपाधी पनि जित्नु  भएको थियो | प्रतियोगितामा १० किमी दुरी सम्पन्न गर्ने सम्पूर्ण धावक-धाविकालाई मेडल तथा प्रमाणपत्र प्रदान गर्ने गरिन्छ | 

प्रतियोगितामा ४०० भन्दा बेसी स्वयम सेवकको कडा मेहनतमा कार्यक्रम भव्य रुपमा सम्पन्न गर्ने गरिएको छ | प्रतियोगिताको ११ औ संस्करणदेखी अनलाइन दर्ता तथा प्रतियोगीलाई टाइमिङ चिप सिस्ट्म  जडान गरिएको बिब प्रदान गर्न सुरुवात गरिएको छ | प्रतियोगिताको क्रममा प्लाष्टिकजन्य फोहरलाई न्यूनीकरण गर्न कागजको कप तथा पानीको जार प्रयोग गर्ने गरिन्छ |

हरेक बर्षको प्रतियोगितामा फरक-फरक पाहुना निम्त्याउने क्रममा धरान रनमा ओलम्पिक खेलाडी – बैकुण्ठ मानन्धर, अल्ट्रा रन खेलाडी – मीरा राई, सगरमाथा आरोही - निम्स पुर्जा, गायक - राजु लामा,  क्याप्टेन - विजय लामा, मिस नेपाल – शृंखला खतिवडा, भ्लगर – सिजन बानिया,  नेपाली झण्डा वाहक – लक्ष्मी नारायण शिल्पकार, दार्जिलिंगका प्रेरणादायी प्रिमस भुटिया जस्ता फरक-फरक व्यक्तित्वहरु सहभागी भइसक्नु भएको छ | 

धरान रनमा हालसम्मको विजेताहरुको नामावाली:  

संस्करण

साल

पुरुष बिजेता

महिला बिजेता

कुल सहभागी

२०१३

लक्ष्मण मल्ल (२६:५० मिनेट)

सुष्मा राई (४१:०१ मिनेट)

७००

२०१४

होमलाल श्रेष्ठ (२७:४२ मिनेट)

फुलमती थारु (३८:५६ मिनेट)

,१००

२०१५

ललित थापा (२७:२५ मिनेट)

मीरा राई (३१:५० मिनेट)

,७००

२०१६

तिर्थ पुन (२८:०० मिनेट)

सन्तोषी श्रेष्ठ (३२:४३ मिनेट)

,८५०

२०१७

तिर्थ पुन (२६:३० मिनेट)

सानुमाया कार्की (३४:३० मिनेट)

,२२०

२०१८

तिर्थ पुन (२६:४६ मिनेट)

कान्छीमाया कोजु (३१:४८ मिनेट)

,३१०

२०१९

तिर्थ पुन (३१:१६ मिनेट)

कान्छीमाया कोजु (३७:४७ मिनेट)

,५५०

२०२०

तिर्थ पुन (३१:२७ मिनेट)

सन्तोषी श्रेष्ठ (३८:२० मिनेट)

,२०२

२०२१

गजिन्द्र राई (३२:२१ मिनेट)

सन्तोषी श्रेष्ठ (३८:१० मिनेट)

२०२

१०

२०२२

दुर्गा . बुडा (३१:०३ मिनेट)

पुष्पा भण्डारी (३५:२६ मिनेट)

,०००

Location

×