
बिमल गुरुङ्ग
Location :
धरान-१८, बुद्ध चौक, बिमल स्मृति पुस्तकालय
Estd Date :
2050
Estd by :
बिमल स्मृति पुस्तकालय
Brief info
युवा कवि बिमल गुरुङ्गको शालिक धरान-१८ स्थित बिमल स्मृति पुस्तकालयमा स्थापित गरिएको छ | साहित्यमा लागेर केही पुस्तक प्रकाशन गरेका बिमल गुरुङ्गले अल्पायुमा नै सडक दुर्घटनामा परी आफ्नो जीवन गुमाउनु भएको थियो | उहाको बुवा पूर्ण बहादुर गुरुङ्ग र आमा सरस्वती गुरुङ्गले पुस्तकालय स्थापना गरी नियमित संचालन गर्नुभएको हो | पुस्तकालयले हरेक बर्ष राष्ट्रव्यापी कविता प्रतियोगिता आयोजना गर्दै आएको छ |