Mahendra Multiple Campus

R77J+HVX, College Road, Dharan 56700

About

धरानमा उच्च शिक्षा प्रदान गर्न धरान इन्टर कलेजको नाममा पब्लिक हाइ स्कुल धरान-१२ मा बि. स. २०१२ अस्सार २९ मा स्थापना भएर संचालनमा आएको थियो | २०१३ पुष १३ गतेका दिन  कलेजलाई  महेन्द्र कलेजको रुपमा रुपान्तार गरियो | स्थापनाको पाँच बर्षपछी स्थानीय समाजसेवी काली प्रसाद श्रेष्ठले धरान-१० मा १ बिगाह ५ कट्ठा  जग्गा दान स्वरूप उपलब्ध गराएपछी त्यस स्थानमा भवन निर्माण शुरु भयो र नयाँ भवन तत्कालिन राजा श्री ५ महेन्द्रले २०२० माघ १२ गते उदघाटन गरी पठन पाठन शुरु गरियो | कलेजको स्थापना कालदेखी नै फाउण्डर प्रिन्सिपलको रुपमा  महा प्रसाद रिजालले आफ्नो जिम्मेवारी सम्हाल्नु भएको थियो |  २०१२ देखी २०२४  सालसम्म बेतलबी रुपमा उहाले कलेजको  सेवा गर्नुभएको थियो | २०३० मा नया शिक्षा योजना लागु भएपछी कलेजको नाम परिवर्तन गरी महेन्द्र बहुमुखी क्याम्पस, धरान राखियो |  

स्थापना कालमा कलेजमा प्रविणता प्रमाणपत्र तहमा मानविकी संकाय तर्फ आइ. ए. को पढाइ हुन्थ्यो | त्यसपछी २०१३ व्यस्थापन संकाय तर्फ आइ. कम. २०१५ मा स्नातक तहमा मानविकी संकाय तर्फ बि. ए. २०१६ मा  व्यस्थापन संकाय तर्फ बी. कम, २०५० अंग्रेजीमा स्नाकोत्तर तहमा मानविकी संकाय तर्फ एम. ए.  अनि २०५७ मा स्नाकोत्तर तहमा व्यस्थापन संकाय तर्फ  एम. बि. एस.  र मानविकी संकाय तर्फ  नेपालीमा एम. ए.  को पठन पाठन शुरु भएको थियो | हाल क्याम्पसमा व्यवस्थापन, पत्रकारीता, कानुन, भूगोलको पढाइ हुने गर्दछ |

२०६१ सालमा क्याम्पस परिसरमा भारतीय राजदुतावासको २,५९,०६,२३५/- (दुई करोड उन्सट्ठइ लाख छ हजार दुई सय पैतिस रुपैया मात्र) को आर्थिक सहयोगमा सुबिधा सम्पन्न भवन निर्माण भएको छ |

Facilities

library

Sports

Science Lab

Scholarships

Contact

Location: R77J+HVX, College Road, Dharan 56700

Administrative: 025-521250

Office: 025-521250

Email: mmcdharan@gmail.com

Website: http://mmcdharan.edu.np/wp/

Location

×